एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता विरुद्ध रहेको छ: भीम रावल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्।

आज (आइतबार) सदनमा एमसीसीमाथिको छलफलका क्रममा उनले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका हुन्।

एमसीसीले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्ने नेता रावलको भनाइ थियो। उनले भने, ‘एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ।

नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्न खोजिएको छ।’ राष्ट्रिय स्वाधिनतासँग जोडिएको संवेदनशील विषयलाई होहल्लाका बीच सदनमा पेश गरिएको भन्दै उनले आपत्ति जनाए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !