एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छः गगन थापा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् ।

उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् ।

‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु,’ उनले भने ।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिएका छन् ।

उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !