चलचित्र ‘कृष्ण लिला’ चैत्र २७ गते देखि प्रदर्शन हुदै

चलचित्र ‘कृष्ण लीला’ चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी छ भने कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाँई लगायतका कलाकारले अभिनय गरेका छन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा शिब ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ ।

चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन डेको अवसर पारेर माघ ३० गते रिलिज गरिने निर्माणपक्षले बताएको छ । देशभरका हल संचालनमा आएपनि नयाँ चलचित्र रिलिज नहुँदा हलसम्म दर्शक पुगेका छैनन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !