गोकुल भन्छन ‘देउवाले प्रचण्डको नाम नोवेल शान्तिका लागि सिफारिस गर्न ढिला गर्नुहुन्न’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलो नगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन ।

सामाजिक सञ्जाल मार्फत मंगलबार बिहान नेता बास्कोटाले प्रचण्डले नै राष्ट्रघाती भनेको एमसीसी सम्झौता उनैले संसदबाट अनुमोदन गर्न सफल भएकामा सम्मान गर्नुपर्ने बताएका छन ।

उनले लेखेका छन् -‘सुप्रिमोद्वारा रणनीतिक लक्ष्यसाथ उनकै शब्दमा धोषित राष्ट्रघाती एमसीसी सम्झौता परित गर्न सफल भएकोमा सुप्रिमो कदमको कडा प्रतिरक्षासाथ जनसंगठनलाई नागरिक अभिनन्दन गर्न आदेश भएछ।अब देउवाले पनि नोवेल शान्तिको लागि सिफारिस गर्न ढिलाइ नगरे हुने थियो।ब्याख्यात्मक क्रान्ति मुस्कुराउदो छ।’

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

आज साेमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन छाड्ने निर्णय गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनका विरुद्ध जनमोर्चाले पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आए पनि अहिले सरकारले नेपालको स्वाधीनता र सुरक्षाको विरुद्धमा रहेको एमसीसी अनुमोदन गरेकाले गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

नेपाली नागरिक सडकमा आएकाे अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा एमसीसी पारित गरेको आरोप लगाउँदै जनमोर्चाले तानाशाही तथा निरङ्कुश प्रवृत्तिको विरोध तथा भण्डाफोर गर्ने जनाएको छ ।

यस्तै एमसीसीविरुद्धको सङ्घर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ देखि २२ गतेसम्म देशव्यापी, जिल्ला तथा स्थानीयस्तरका विरोध सभाहरू गर्ने जनमोर्चाले निर्णय गरेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !