‘२ नम्बरी’ मा निर्माताको रुपमा दीपक मनाङ्गे पनि जोडिए

दीपेन्द्र लामाको निर्देशन रहेको चक्चित्र ‘२ नम्बरी’ मा निर्माताको रुपमा दीपक मनाङ्गे पनि जोडिएका छन् । उक्त कुराको जानकारी चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले दिएका हुन् ।

लकडाउनका कारण चलचित्रको छायांकन रोकिएको थियो भने चलचित्रको छायांकन चैत्र १५ गतेबाट घान्द्रुकबाट सुरु हुने बताइएको छ ।

यस फिल्ममा नायक दयाहाङ राई, पल शाह, नायिका वर्षा राउतको साथमा भुटानकी नायिका उगेन छोदनको मुख्य भूमिका रहेको छ । चलचित्रको पर्दामा एकसाथ पहिलो पटक सहकार्य गर्न लागेका नायक दयाहाङ राई र पल शाह निकै उत्साहित देखिएका छन् ।

दीपकले यसअगाडि चलचित्र ‘पोई पर्यो काले’मा पनि लगानी गरेका थिए ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !