CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरको हो ?’ भनी प्रश्न गरेका छन् ।
देउवाले युक्रेन मामलामा हतारमा बोलेको र अमेरिकाले आयोजना गरेको समिटमा देशलाई नै सहभागी गराएको टिप्पणी गर्दै प्रश्न गरेका हुन् ।
‘नेपाल के अमेरिकी शिविरमा ढल्किएको हो ?’ विराटनगरमा आयोजित कार्यक्रममा खनालले देउवालाई प्रश्न गरे,‘उहाँ अमेरिकी शिविरको मान्छे हो ?’ देउवाले यसको जवाफ दिनुपर्ने बताए ।
नेपालले असंलग्न परराष्ट्र नीति लिएकाले रुस र युक्रेनबीचको युद्धमा हतारमा बोल्न नहुने बताए । छिमेकी मुलुक भारत र चीनले समेत तटस्थ भूमिका देखाइरहेको अवस्थामा नेपालले अमेरिकी शिविरमा रहेको जसरी कुनै एक पक्षमा बोल्नुलाई गम्भीरताका साथ लिएको बताए ।
विश्व राजनीति बदलिएकाले नेपालले सन्तुलित रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले छिमेकीलाई चिढ्याउने गतिविधि घातक हुनसक्ने समेत बताए ।-File Photo
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।