चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकन धमाधम भैरहेको छ (तस्बिरमा हेर्नुहोस)

प्रविण झाको निर्देशन रहेको चलचित्र ‘डिसेम्बर फल्स’ को यागीबेला पोखरामा धमाधम छायांकन भैरहेको छ । फिल्ममा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।

यस्तै नायक आर्यन सिग्देलले आफ्नो फेसबुक वालमा फिल्मको छायांकनमा रमाइलो भैरहेको भन्दै तस्बिर सेयर गरेका छन ।

उनले तस्बिर सेयर गर्दै लेखेका छन्–‘छायांकनको तेश्रो दिन । फेवातालको छेउमा निकै चिसो भैरहेको छ । तर, हामी छायांकनमा रमाइरहेका छौ ।’ आर्यनले शेयर गरेको तस्वीरमा उनी उपासनासँग अंगालोमा बाँधिएका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !