एमसीसीको व्याख्यात्मक घोषणाको नाममा सत्ता गठबन्धनले जनतामाथि भ्रम छर्यो: शंकर पोखरेल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कैलाली । एमसीसीको व्याख्यात्मक घोषणाको नाममा सत्ता गठबन्धनले जनतामाथि भ्रम छर्ने काम गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनुभएको छ ।

आज बिहिबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानून र संविधानले मान्यता नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनुभयो ।

कुनैपनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उहाले स्पष्ट पार्नुभयो ।

शेरबहादुर देउवाकै नेतृत्वमा माओवादी सहितको सरकारले हस्ताक्षर गरेको बताउदै महासचिव पोखरेलले उनीहरू मिलेर पारित गरेको बताउनुभयो ।

व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास गरेको बताउदै उहाँले कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको बताउनुभयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान र कानूनले व्याख्यालाई कानूनी हैसियत प्रदान नगर्ने समेत दावी गर्नुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !