CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा एमाले फेरि देशको ठुलो पार्टी बन्ने दाबी गरेका छन् । नेता महासेठले एमाले ठुलो दल बनेपछि तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिने समेत बताए ।
उनले तराई मधेस समृद्धिको कार्यक्रमलाई तत्कालीन एमाले सरकारले अघि बढाए पनि वर्तमान सरकारले बेवास्ता गरेको बताए ।
एमाले नगराइन नगरपालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा एमालेले तराई मधेशको समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी समेत गरे ।
सचिव महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न खोजेको आरोप लगाए ।
अर्को एक प्रसंगमा उनले रुस–युक्रेन युद्धका क्रममा सरकारले युक्रेनको पक्षमा बोलेकोप्रति आपत्ति समेत जनाए । कार्यक्रममा प्रतिनिधिसभाकी सांसद तथा नेकपा एमाले नेतृ जुली महतोले जनताका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।
नेता रामबाबु पजियारको अध्यक्षतामा भएको अधिवेशनमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बटेश्वरका गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत, मिथिला बिहारी नगरपालिका मेयर अनिल यादव लगायत सहभागी थिए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।