हास्य कलाकार किशोर भण्डारीको नयाँ सिरियल “हाम्री झ्याउँकिरी”

हास्य कलाकार किशोर भण्डारीले नयाँ सिरियल “हाम्री झ्याउँकिरी” लिएर दर्शक माझ आएका छन् | कलाकार भण्डारीकै कथा तथा निर्देशन रहेको सिरियलमा कृष्णभक्त महर्जन, किशोर भण्डारी, रेश्मा तिमल्सिना, गीता नेपाल लगायत कलाकारहरूको अभिनय रहेको छ |

“हाम्री झ्याउँकिरी” सिरियलको पहिलो भाग प्रसारण भैसकेको छ भने उक्त भाग हाल्फ टाइम क्रिसएनको युट्युब च्यानलमा हेर्नसक्नुहुनेछ | कलाकार भण्डारी दर्शकमाझ “डिट्ठा साब” नामले पनि लोकप्रिय छन् |उनको सिरियल “डिट्ठा साब”दुई वर्ष अगाडी कान्तिपुर टेलिभिजन बाट प्रसारण हुन्थियो |

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !