नारायणकाजीको लिखित मन्तव्य: प्रचण्ड व्यक्तिवादी भए, दलालसँग साँठगाँठ गरियो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका हुन् ।

श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ’,श्रेष्ठको भनाई छ ।

उनले अमेरिका साम्राज्यवादी शक्ति भएकोमा माओवादीहरु भ्रमित हुन जरुरी नभएको भन्दै विकास आफै बलवुताले गर्न सक्नुपर्ने बताए

श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताए । ‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ’, श्रेष्ठको भनाई छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !