प्रचण्डले नै पार्टी छोड् भन्नुभयो : नेता नारायणकाजी श्रेष्ठ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताएका छन् ।

तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए । एक नेताका अनुसार श्रेष्ठले ऐतिहासिक मोडमा कसैले पनि गम्भीर गल्ती गर्न नहुने बताएका छन् ।

श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा पत्रकार सम्मेलन गरेका प्रचण्डले श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइने, तर कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको बताएका थिए ।

बामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा शुन्य सिट आएको भन्दै उनले भनेका थिए, ‘कसैलाई त्यही बाट हिड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ?’ प्रचण्डको यो अभिव्यक्तिपछि नारायणकाजी समूहमा पार्टी छाड्नुपर्ने आवाज चर्को उठेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !