“म त मर्छु कि क्याहो” मार्फत सानो पर्दामा फर्किदै धुर्मुस सुन्तली

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम कट्टेल र कुञ्जना घिमिरे दर्शकमाझ धुर्मुस र सुन्तली नामले निकै लोकप्रिय छन् । केहि समय देखि सामाजिक काममा ब्यस्त भएका यी दुई जोडीले करिब एक वर्ष अगाडी चलचित्र ‘सेन्टी भाइरस’ रिलिज गरेका थिए तर चलचित्रले सोचे जति हलमा दर्शक तान्न सकेन ।

हाँस्य सिरियल ‘मेरी बास्सै’ बाट बिदा भएपछी सानो पर्दामा नदेखिएका धुर्मुस सुन्तली अब भने “म त मर्छु कि क्याहो” वेब सिरिज मार्फत दर्शकलाई हसाउन सानो पर्दामा फर्किने तयारी गर्दै छन् । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशन रहेको वेब सिरिजको अहिले चितवनका विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ । यो वेब सिरिज धुर्मुस सुन्तलीको अफिसियल युटुब च्यानल बाट प्रसारण तयारी रहेको छ भने दर्शकले कहिले सम्म हेर्न पाउछन भनेर आधिकारिक जानकारी आएको छैन ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !