CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं। बलात्कारको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा गायक दुर्गेश थापाले बयान दिएका छन् ।
थापाले दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् । थापासँगै सम्राट चौलागाईले पनि बयान दिएका छन् ।
उनीहरु दुवैजनामाथि शाहविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेको छ । उनीहरु बयान दिन तनहँु पुग्दा पल शाहका समर्थकहरुले नाराबाजी गरिरहेका थिए ।
एक नाबालिग गायिकाले शाहविरुद्ध बलात्कार गरेको जाहेरी दिएपछि आइतबार आफै प्रहरीसामु आत्मसर्मपण गरेका थिए ।
शाहलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । अहिले कला कर्मीहरुले पनि पल शाह प्रकरणमा पक्ष र विपक्षमा आफ्ना अभिव्यक्ति दिइरहेको छन् ।
राष्ट्रिय आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार सम्प्रेषण नगर्न र आफुलाई प्राप्त भएका प्रमाणहरु अनुसन्धान अधिकृतलाई उपलब्ध गराउन आग्रह गरेको हो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।