प्रचण्ड-माधवलाई धनराजले भने “कांग्रेस हात्ती हो,चमेराहरु हात्तीको कानमा ओत लाग्न खोज्दैछन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए ।

कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरुपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरु भुके पनि एमसीसी पास गरेरै छाडेको बताए ।

सभापति तथा प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले भने,’ दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो ।

२०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् ।

हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’

गुरुङ प्रचण्ड–माधवले गरेको चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका नेता हुन् । गुरुङ लगत्तै बोलेका सभापति देउवाले भने यसबारेमा कुनै जवाफ दिएनन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !