प्रचण्डले आफ्नो चिनामा नै सिद्धिने ग्रह बोकेर आएका छन्, माओवादी अब सकिन्छ: ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा सकिने टिप्पणी गरेका छन् ।

गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै ओलीले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको उल्लेख गर्दै अब त्यो दिन आयो भने । उनले भने, ‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर । अब त्यो आयो ।’

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो । उनले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

ओलीले माओवादी केन्द्र सकिनै पर्ने पनि बताए । उनले नेकपा एकीकृत समाजवादी पार्टी तर्फ संकेत गर्दै माधव नेपालको पार्टी नै नबनेको उल्लेख गर्दै बन्दै नबनेको पार्टीको कसरी सकिन्छ भनेर टिप्पणी गरे । उनले प्रचण्डप्रति कटाक्ष गर्दै प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएको बताए ।

उनले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनु, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौं।’

प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकेको भन्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !