देशभर एमालेको माहोल बन्दै, काँग्रेसका वडाध्यक्ष नै एमालेमा आए

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चौतारा । नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गरेका छन् ।

एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो ।

एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।

सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहेका थिए ।

माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष तामाङले कांग्रेस सिन्धुपाल्चोकमा कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको कार्यशैलीका कारण आफूले पार्टी परित्याग गरेको बताए ।

कांग्रेस र बस्नेतलाई सुख दु:खमा साथ दिए पनि आफूलाइ सधैं अपमानित गरेको तामाङले बताए । वडा अध्यक्ष तामाङ सहित कांग्रेसका दुई सयबढी नेता कार्यकर्ता एमाले प्रबेश गरेको बाह्रबिसे इन्चार्ज समेत रहेकी एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी उपसचिवसुशीला पाख्रिनले दावी गरिन् ।filephoto

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !