सत्ता गठबन्धनका नेताहरुले जनतामा जाने डरले निर्वाचन पछि सार्छन् : सुवास नेम्वाङ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्। प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ।

यो गठबन्धन दुषित गठबन्धन हो। जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए।

नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। तपाई हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं। तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ। यो सरकार डिफंग अवस्थामा छ।’

केही नेताहरु स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको उनले आरोप लगाए। उनले भने, ‘केही साथीहरु जनतामा जान डराएका छन्। जनताले निर्णय दिन्छन्, दुधका दुध पानीका पानी।’

यो पनि – राजपुर गाउँपालिका–१ गुरुङ खोलामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले राजपुर गाउँपालिका १ नम्बर वडा पार्टी कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरेर ७० जना एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले पार्टीले सधैं वर्गीय व्यक्तिको उत्थानको लागि काम गरेको बताए । त्यस्तै सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य धुब्र आचार्य,जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी,जिल्ला सदस्य कुलराज गिरी, अब्जल अलि, राजपुर गाउँपार्टी कमिटीका अध्यक्ष हेमकुमार

जिसी, लमही नगर किमिटिका अध्यक्ष दण्डीराम चौधरी, नेकपा माओवादी परित्यागगरी एमालेमा प्रवेश गरेकि भिमकुमारी सुनार ९कोपीला० लगायतले सम्बोधन गरेका थिए । यमलाल वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लोकराज शर्माले गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !