प्रचण्ड कहिले एमालेको टाङ त कहिले कांग्रेसको टाङमा पुगे : प्रकाण्ड

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्मा ‘प्रकाण्ड’ ले आफूहरुले आयोजना गरेको एमसीसी विरोधी सभामा जनताको उल्लेख्य सहभागिता रहेको दाबी गरेका छन् ।

उनले हिजोको खुल्लामञ्चको विरोधसभामा उत्साहजनक सहभागिता रहेको सुनाउँदै आफूहरु एमसीसी खारेज गराएरै छाड्ने दाबी गरे । उनले हिजोको सभामा १५ हजारभन्दा बढिको सहभागिता रहेको जिकिर गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसीविरोधी आन्दोलनमा जनताले आफूहरुलाई साथ दिने सुनाए ।

उनले एमसीसीको विरोध प्रत्येक गाउँ र टोलमा रहेको दाबी गरे । विश्वकर्माले आफ्नो पार्टीले देश र जनताको मुद्दा बोकेर हिँडिरहेको सुनाए।

अहिले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमालेको टाङमा र कहिले कांग्रेसको टाङमा पुगेको पनि आरोप लगाए

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !