‘एमसीसीकाे व्यख्यात्मक घोषणा लाज छोप्ने टालो मात्र’: ईश्वर पोखरेल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीको व्यख्यात्मक घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका छन् ।

ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले गठबन्धन नै टुट्ने भएपछि बाध्य भएर एमसीसीको व्यख्यात्मक घोषणा ल्याएको र सो घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका हुन् ।

एमसीसीको व्यख्यात्मक घोषणा बसवास भएको उनको भनाइ छ । पोखरेलले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा असर नपर्ने गरि मुलुकको हितका लागि अन्य देशको सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले ‘ताजा जनादेशमा जान्छु’ भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा आपराधिक काम भएको भन्दै घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपालले गरेको बताए ।

उनले एमालेलाई मार्गदर्शन गर्ने विचार जनताको बहुदलीय जनवाद नै भएकाले विचारबाट तलमाथि हुन नसक्ने स्पष्ट पारे । पोखरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !