नेकपा (एस) बाट ३ वडा अध्यक्षसहित १५० बढी एमाले प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

महेन्द्रनगर । बैतडीको शिवनाथ गाउँपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गरेका हुन् ।

शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं। २ का अध्यक्ष हजारी साउँद, वडा नं. ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं. ४ की वडा सदस्य पाना तिरुवाले एमाले प्रवेश गरेको सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।

उनका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकि थिइन । ‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन्,’ उनले भने, ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।’ वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष समेत हुन् । उनी समाजवादीका प्रदेश सदस्य समेत हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !