४७ बर्ष लागिन अभिनेत्री करिश्मा मानन्धर तर सुन्दरतामा केहि कमि छैन (तस्बिर)

२०३० साल माघ २२ गते काठमाडौँ, बत्तीसपुतलीमा जन्मिएकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर बिहिबार(आज) बाट ४७ वर्षमा प्रवेश गरेकी छन् । १४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी करिश्माको अभिनेत्रीको रुपमा डेब्यू गरेको चलचित्र प्रकाश थापाद्वारा निर्देशित फिल्म ‘सन्तान’ हो। यस फिल्ममा अभिनय गरे पश्चात उनले कहिलै पछाडी फर्केर हेर्नु परेन।

चलचित्र ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ आदि उनले अभिनय गरेका सुपर हिट चलचित्र हुन्। दर्शकहरुले उनको ‘केमेस्ट्री’ अभिनेता राजेश हमालसँग अत्याधिक रुचाएका थिए।

उनले फिल्म निर्माणमा पनि हात हलिन र चलचित्र ‘ढुकढुकी’ निर्माण गरिन र फिल्म अत्याधिक सफल पनि भयो तर ‘बाबुसाहेब’ ले ठूलो घाटा बेहोरेपछि उनी निराश भएर २०६१ सालमा अमेरिका पलायन भइन् ।

उनि करीब ९ वर्ष अमेरिकामा नै बसिन। यसपछि नेपाल फर्किएर पुनः अभिनयमा सक्रिय भएकी उनी अचेल भने अभिनयबाट निस्क्रिय झैँ छिन्। १८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह गरेकी उनले २१ वर्षको उमेरमा पहिलो सन्तानको रुपमा छोरी कवितालाई जन्म दिएकी थिइन् । यस्तै कबिता मानन्धरको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आइसकेको छ भने चाँडै ‘बनवास’ मा काम गर्दैछिन् ।

अभिनेत्री करिश्मा मानन्धरको वास्तविक नाम बुनु केसी भएता पनि अभिनय छेत्रमा सक्रिय हुन थालेपछि उनले आफ्नो नाम परिवर्तन गरेकी हुन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !