राप्रपाका नेता गणेश शेरचनको निधन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

यो पनि – देशको प्रतिष्ठासँग जोडिएको नेपाली सेनामा ठुलो परिवर्तन गरिन थालिएको छ । सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ ।

सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन। राजनीतिक भनसुन अमान्य हुने आाचार संहिता सेनाले तयार पारेको छ । बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो ।

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन् ।

सैनिक प्रवक्ताले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !