जिल्ला अध्यक्ष नै मुलुकका लागि काम गर्ने पार्टी भन्दै एमालेमा प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनले एमालेमा पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको समेत बताए ।

त्यस्तै पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताए । यसअघि साझा विवेकशील पार्टीका केहि युवाहरुले पार्टी छोडेको घोषणा गरेका थिए ।

यो पनि –  बैतडीको शिवनाथ गाउँपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गरेका हुन् ।

शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं। २ का अध्यक्ष हजारी साउँद, वडा नं. ३ का अध्यक्ष बिरबहादुर साउँद र

वडा नं. ४ की वडा सदस्य पाना तिरुवाले एमाले प्रवेश गरेको सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।उनका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकि थिइन ।

‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन्,’ उनले भने, ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।’ वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष समेत हुन् । उनी समाजवादीका प्रदेश सदस्य समेत हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !