पराजुलीको चेतावनी : हामीले काँध छोडे काङ्ग्रेस तातो ढुङ्गामा माछा पछारिए झै पछारिन्छ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समजावादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफुहरुले काँध छाडे सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस तातो ढुङ्गामा माछा पछारिए झै पछारिने चेतावनी दिएका छन् ।

एमसीसी ‘व्याख्यात्मक’ घोषणा गरेर संसदबाट अनुमोदन गरेसंगै नेपाली कांग्रेसका नेताहरुले निर्वाचनमा कांग्रेसले कुनै पनि पार्टीसंग गठबन्धन गर्न नहुने एक्लै चुनावमा जानु पर्ने अभिव्याक्ति दिदैं आएका छन् ।

सोहि अभिव्याक्तिको आलोचना गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले नेपाली कांग्रेसका नेता गगन थापा, मिनेन्द्र रिजाल र धनराज गुरुङको नाम लिदैं चेतावनी दिएका हुन् ।

धम्की, दम्भ, घमण्ड र छुद्रता नदेखाई सत्ताको धरातल कहाँ छ भन्ने एकचाटि राम्रोसंग गहिराईमा पुगेर हर्न आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, :– गगन, मिनेन्द्र,धनराज एकचोटि सुन ।

हाम्रो काँधमा बसेर हाम्रो टाउको हान्ने काम नगर हामिले काँध छोडेको दिन तिम्रो काङ्ग्रेस रुपि पार्टी तातो ढुङ्गामा माछा पछारिए झै पछारिने छ ।

जस्ले सत्ताको कुर्सीमा टेको लगाएको छ उस्ले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ त्यो समयमा त्यो कुर्सी कसरी भाजिन्छ? लड्छ तिमीहरुलाई हेक्का छ ।

अलिकति सत्तागठबन्धनको मर्म र धर्म अनुसार बोल्ने गर । धम्की, दम्भ, घमण्ड छुद्रता नदेखिएको राम्रो तिम्रो सत्ताको धरातल कहाँ छ एकचोटी हेर राम्रोसङ गहिराईमा पुगेर ।

यो अहिलेको सरकार काङ्ग्रेसको एकल सरकार होईन । सहकार्य गठबन्धन एकल हुदै हुदैन यस्को भित्री मर्म थाहा छैन भने तिमीहरुले तिम्रो नेता पार्टी सभापति शेर ब.देउवालाई सोधपुर्छ गर्दा हुन्छ अनि थाहा हुन्छ वास्तविक सत्तागठबन्धनको नक्सा ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !