एमालेसँग निहुँ नखोज्न माओवादी केन्द्रलाई महेश बस्नेतको चेतावनी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले एमालेसँग निहुँ नखोज्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् ।

उनले मुलुकको विकास र समृद्धिको यात्रामा एमालेले मात्र नेतृत्व गर्नसक्ने दाबी गरेका छन् । एमालेको नेतृत्वमा रहेको सरकारले मात्र मेलम्ची, धरहरा, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, अरुण करिडोर, धरहरा, रानीपोखरी, सूरुङ मार्ग, रेलमार्गलगायतका राष्ट्रिय गैरवका आयोजनाहरु सञ्चालन गरी मुलुकलाई अविकरित मुलुकबाट विकासन्मुख मुलुकमा रुपान्तरण गर्न सकेको दावी गरे ।

संखुवासभामा आयोजना गरिएको जनसंगठनहरुको सम्मेलन कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली जनताको पार्टी भनेको नेकपा एमालेमात्र भएको उल्लेख गर्दै उनले म जिताउँछु मेरो वडा, मेरो स्थानीय तह भन्ने महत्वपूर्ण अभियान चलाइरहेको उल्लेख गर्दै मुलुकको विकास भन्ने वित्तीकै जनतामा एमालेको नाम आउने गरेको पनि स्मरण गराए ।

उनले भने,‘कोर्यो कि पर्यो भन्ने सलाईको विज्ञापन जस्तै जहाँ नेकपा एमाले आयो, त्यहाँ विकास आयो आयो । एमाले आयो कि समाज रुपान्तरणको सुरुवात भयो । एमाले आएसँगै मुलुकमा शान्ति शुसाशन, स्थिरता, अत्याचारको अन्त्य भयो ।

एमाले आएपछि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, आधारभुत वर्गहरुको हितमा काम गर्यो । त्यसैले मुलुकमा एमालेको नेतृत्व आम जनताले खोजिरहेका छन् ।

त्यो कुरा आगामी निर्वाचन पछि आउने जनादेशबाट प्राप्त हुने छ । चिसो भनेकै कोकाकोला भने जस्तो आजको समकालिन समयमा पार्टी भनेको एमाले नै हो ।

हामीले चाहेको विकास र समृद्धिको नेता, मुलुकको भाविष्य निर्माण तथा कायपलट गर्न सक्ने नेता भनेको नै केपी ओली हो, सम्पूर्ण एमालेका नेताहरु हुन । त्यसैले चिसो भनेको कोकाकोला भनेजस्तै नेता भनेको केपी ओली हो भनेर आम जनताले बुझेका छन् ।’

बस्नेतले एमाले सरकारमा नभएको समयमा आम जनसमुदायलाई संगठित गराई गोलबन्द गराउने अभियानमा रहने उल्लेख गर्दै एमाले सरकारमा भएको समयमा त्यही संगठित जनसमुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अगाडि बढाउने गरेको बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !