CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – एमाले सांसद भीम रावलले पार्टीले प्रतिनिधिसभामा देखाएको दोहोरो भूमिकाप्रति कटाक्ष गरेका छन् । राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा नबोल्ने एमाले
प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रक्रियामा भने सामेल भएको भन्दै कटाक्ष गरेका हुन् । उनले संसद अवरोध अब के हुन्छ भन्दै प्रश्न पनि गरेका छन् ।
‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ?’, उनले ट्वीटरमा प्रश्न गरेका छन् ।
एमालेले एमसीसी पास गर्ने क्रमममा सभामुखको भूमिकालाई लिएर संसदमा अवरोध कायमै राख्दा रावल एक्लैले एमसीसीको विपक्षमा बोलेका थिए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।