एमाले सिद्धयाउँछु भन्ने प्रचण्ड-माधवलाई ठुलो झट्का

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – अमेरिकी सहयोग परियोजनाले नेपालका केही राजनीतिक दलहरुको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको संकेतहरु देखिन थालेका छन् । एमसीसीकै कारण मुलतः नेपालमा कम्युनिष्ट दलहरुको अस्तित्वमाथि संकट पैदा भएको हो ।

करिब ३ बर्ष अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपालमा कम्युनिष्ट युग सुरु भएको चर्चा चलेको थियो तर त्यो चर्चा ३ बर्ष भन्दा बढी समयसम्म टिक्न सकेन् ।

त्यसको मुख्य कारण थियो यही एमसीसी । एमसीसीकै कारण देशकै ठूला दल मध्येको एक नेकपा एमाले पनि फुट्यो र माधव कुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ ।

आउने चुनावमा आफ्नो अस्तित्व जोगाउन नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले अन्तिम समयमा सबैलाई चकित पार्दै एमसीसी पास गर्ने पक्षमा आफूहरुलाई उभ्याए ।

अहिले पार्टीभित्र र पार्टी बाहिर प्रचण्ड–माधव घेराबन्दीमा परेका छन् ।

प्रचण्ड–माधवले पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड–माधवहरु एमसीसी पास भएपछि झनै अप्ठ्यारोमा परेका छन् ।

एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्ड–माधवसँग सशंकित छ ।

यसरी उनीहरु जताततैबाट अप्ठ्यारोमा परेका छन् । एमसीसी अनुमोदनको पक्षमा नलाग्दा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हटाउने प्रस्ताव आउने देखि चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुने अवस्था बन्थ्यो ।

प्रचण्ड–माधवले त्यो जोखिम मोल्न तयार भएनन् । तर, उनीहरुले पार्टीभित्र दुर्घटनाको चुनौती झेल्न थालेका छन् ।

कुनैपनि बेला माओवादी र समाजवादी विभाजन हुने अवस्था विकास भएको छ । नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र पक्षधर नेताहरुलाई मिलाउन प्रचण्डलाई हम्मे परेको छ ।

विप्लव र किरणसँगको एकता प्रयास अब अगाडि नबढ्ने भएको छ । बरु विप्लवको चुनौती प्रचण्डले झेल्नुपर्ने उनको अभिव्यक्तिबाट देखिइसकेको छ ।

समाजवादीभित्र पनि पूर्वप्रधानमन्त्रीसहित नेताहरुको तयारी त्यस्तै छ । नेपाली काँग्रेसभित्र पनि माओवादीसँग चुनावी तालमेल गर्न नहुने आवाज उठ्न थालेको छ ।

एमसीसी अनुमोदन गर्न देउवाले प्रचण्डसँग चुनावी तालमेलको भद्र सहमतिको चर्चा चलिरहँदा काँग्रेसको डा. शेखर कोइराला पक्षधरले आवाज उठाउन थालिसकेको छ ।

शेखर कोइराला, धनराज गुरुङ, गगन थापालगायतले माओवादीसँग चुनावी तालमेल कुनै हालतमा नहुने भन्न थालेका छन् । चुनाव भइहालेमा प्रचण्ड–माधवलाई सजिलो छैन ।

एमसीसीको सुरुमा घोर विरोध गरेर पछि अनुमोदन गरेकाले समर्थकमाझ सन्देश राम्रो गएको छैन । अर्कोतर्फ, बाह्य परिस्थिति पनि प्रचण्ड–माधवको अनुकूल देखिदैन ।

यस्तै सरकारमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षीसँगै सत्ता साझेदार दलहरुबाटै आलोचनाको शिकार हुन बाध्य भएका छन् ।

प्रमुख विपक्षी एमालेले विरोधको धर्म निर्वाह गरे पनि सत्ता साझेदारबाटै कटाक्ष भोग्नुपर्ने नियती माओवादी र नेकपा एसले भोगिरहनु परेको हो । यी दुवै दलले सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने प्रयास गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !