CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे बाेली चिप्लिएकाे छ । उनले बाेल्दिन भन्दाभन्दै बाेली चिप्लिएको हाे।
अध्यक्ष नेपालले सत्ता गठबन्धनमा वैशाख ३० का लागि तोकिएको स्थानीय चुनाव सार्नेबारे छलफल भइरहेको बताएका हुन् । उनकाे याे खुलासाले गठबन्धनमा खैलाबैला मच्चिएको छ ।
नेपालले यस्ताे खुलासा गरेपछि माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा रुष्ट भएका छन् ।
प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने चर्चा सत्ता गठबन्धनका शीर्षनेताहरुले सार्वजनिक रुपमा गरिरहे पनि स्थानीय चुनावको घोषित मिति नै पर सार्नेबारे भने पहिलोपटक माधव नेपालले खुलाएका हुन् ।
आइतवार संसद भवनबाट बाहिरिने क्रममा नेपालले बोलेको भिडियोमा केपी ओलीको वितण्डबाट मुलुकलाई मुक्त गर्न संसद विघटन गर्ने र प्याकेजमै चुनावको मिति तोक्नेबारे छलफल भएको बताएका छन् ।
पत्रकारले स्थानीय चुनावको मिति सर्छ ? भनेर सोधेको प्रश्नमा नेपालले भनेका छन्–म भन्न सक्दिन तर त्यो पनि कुरा चलिरहेको छ । स्थानीय चुनावको मिति सर्न सक्छ,अब सबै कुरा प्याकेजमा जान्छ ।
यद्यपी उनी लगत्तै यही भिडिओमा माओवादी नेता वर्षमान पुनले भने नेपालले भनेजस्तो स्थानीय चुनाव सर्ने र मंसीरअघि आम चुनाव हुने सम्भावना नरहेको बताएका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले पनि स्थानीय चुनाव वैशाख ३० बाट दायाँबायाँ नहुने बताइसकेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।