CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा एमालेका नेता भीम रावले एमालेले संसद अवरोध गरेर अत्यान्त गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने– महाअभियोगको सम्बन्धमा जुन समिति गंठन गर्नु पर्ने हुन्छ । त्यस सम्बन्धमा त्यो कार्य ब्यवस्थामा छलफल हुने भनेको सुनेको हो । छलफल हुदै होला नी, त्यस बाहेक थप कुरा केही थाहा छैन् ।
यो त नेपाली जनताको जनसार्वभौम अधिकार माथि खेलबाड हो । यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो ।
किन भने नेपाली जनताले आफनो निर्वाचन जनप्रतिनिधि मार्फत राष्ट्रको स्वाधिनता स्वतन्त्रता जनताको जिविका जस्तो महत्वपूर्ण विषयमा छलफल होला त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् ।
संसद भनेको देशमा उत्पँन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो तर जसरी खेलबाड गरिएको छ, त्यसको कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका सारा अलपत्र गर्ने काम गरिएको आरोप लगाएका छन् ।
मलाई लाग्छ, नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनिस्चित खेल त भइरा छैन् ? भन्ने मनमा शंका लागेको बताएका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।