एमाले राष्ट्रवादी पार्टी होः कमल थापा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नेकपा (एमाले) यो देशको राष्ट्रवादी पार्टी भएको उल्लेख गरेका छन् ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र उनको पार्टीसँग कुनै न कुनै विन्दुमा सहकार्य हुनसक्ने सुनाए ।तपाईं त नेकपा एमालेमा जाने हल्ला थियो नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले थपे,’एमाले राष्ट्रवादी पार्टी हो ।

चुच्चे नक्सा प्रकाशन केपी ओलीले गरेको साहसिक काम हो । नाकाबन्दीमा पनि हामीले मिलेर काम गरेका थियौं । केपी ओली र एमालेसँग कुन न कुनै विन्दुमा सहकार्य हुन सक्छ ।’

अर्को प्रसंगमा उनले नागरिक तहमा पुगेका प्रश्न, आशंका र गुनासोलाई निराकारण गरेर राजनीतिक सहमतिका साथ एमसीसी पारित गर्नु राम्रो हुने बताए ।

उनले भने-“हामीले लामो समयदेखि अमेरिकाको सहयोगमा पूर्वाधार विकासका क्षेत्रमा धेरै काम गरेका छौं । त्यसकारण सैद्धान्तिकमा रुपमा एमसीसी पारित गर्न कुनै अप्ठ्यारो छैन ।”

‘ऋषिजी, तपाईं मेरो पार्टीमा आउनुहुन्छ भने म पनि राजसंस्थाका बारेमा लेख्नेछु’

राजा ज्ञानेन्द्रसँग कात्तिक ११ गते अन्तिम भेट भएको स्मरण गर्दै नेता थापाले भने,”म सैनिक परिवारको मान्छे हुँ । राजा ज्ञानेन्द्रलाई राजाभन्दा हीनताबोध छैन । हिजोको सम्मान र आदरभाव भोलि पनि रहन्छ ।

तपाईंले राजाहरुको सम्बन्धमा आत्मकथा लेख्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, ‘डा. तुलसी गिरी भन्नुहुन्थ्यो, मैले आत्मकथा लेखेँ भने अधिकांश राजाका विरुद्धमा कुरा आउँछन् ।

त्यसैले म लेख्दिनँ । ऋषिजी, म तपाईंलाई चित्त बुझ्ने पार्टी बनाउँदै छु । तपाईं मेरो पार्टीमा आउनुहुन्छ भने म पनि राजसंस्थाका बारेमा लेख्नेछु ।”

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !