किन गाउँपालिका अध्यक्ष नै बन्दुक बोकेर गाउँ डुल्न थाले ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। स्थानिय तहको निर्वाचन नजिकिएसंगै जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् र उनको आलोचना भइरहेको छ ।

‘उहाँ जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्नुहुन्छ’, एक जनप्रतिनिधिले भने, ‘हामीले त्यस्तो नगर्नुस् भन्दा मान्नु हुन्न ।’ अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

‘उहाँले बोक्नु भएको बन्दुक लाइसेन्स प्राप्त बन्दुक हो । उहाँले नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘लाइसेन्स भएका बन्दुक केही क्षेत्रमा मात्रै बोक्न पाइन्छ ।

तर सार्वजनिकरुपमा बोकेर हिँड्न पाइादैन ।’ उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !