कार्यसम्पादन मूल्यांकनमा माओबादी देशकै उत्कृष्ट

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा तयाार पारिएको कार्यसम्पादन तथा मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिकाले देशभरकै पहिलो स्थान पाएको छ ।

आयोगको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर प्रथम भएको हो । १०० अंकभारमा ७८.६९ अंक प्रप्त गरेर अजयमेरु गाउँपालिका पहिलो भएको हो ।

त्यस्तै मुस्ताङको लो घेकर-दामोरकुण्ड गाउँपालिकाले ७७.११ अंक प्रप्त गरेर दोस्रो, कैलालीको कैलारी गाउँपालिकाले ७६.४९ अंक प्रप्त गरेर तेस्रो, कन्चनपुरको भिमदत्त नगरपालिका ७६.३८ अंकका साथ चौथो र गुल्मीको धुर्कोट गाउँपालिका ७६.५४ अंक प्राप्त गरेर पाँचौं भएका छन् ।

धादिङको गल्छी गाउँपालिकाले सबैभन्दा कम ३५ अंक ल्याएको छ। आयोगले विभिन्न १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेको थियो ।

समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे नगरेको विषयमा मूल्यांकन गरिएको थियो ।

स्थानीय तहमा समयमै बजेट नल्याउने, बजेट पास नगर्ने तथा आवधिक योजना नबनाउने प्रवृत्ति देखिएको छ । तोकिएको समय अर्थात् १० असारमा पालिकासभामा बजेट पेश नगर्ने पालिकाको संख्या ९५ ओटा रहेको वित्त आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो क्षेत्राधिकारका विषयमा विकासको लागि आवधिक योजना तयार नगरेका स्थानीय तहको संख्या ४ सय ५१ छ । त्यस्तै, ७४ तहले तोकिएको समय अर्थात् असार मासन्तसम्ममा बजेट पास नगरेको प्रतिवेदनमा उल्लेख छ ।

डडेल्धुरा जिल्लाको ऐतिहासिक अजयमेरु कोटको नामबाट नामांकरित ऊत्त गाउँपालिकाले यसभन्दा अगाडिबाट नै शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, कृषि पुर्वाधार विकासको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ।

नेकपा माओवादी केन्द्र बाट विजयी गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले स्थानिय स्रोतसाधनको उचित परिचालन तथा उपयोगमा स्थानिय जनसमुदाय लाई स्थानिय जनाताको प्रतक्ष सहभागि र लाभ हुनेगरि योजना निति तथा कार्यक्रम तय गरिएकोले यो स्थानमा सफलता मिलेको बताए । भट्ट नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य समेत हुन।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !