नायिका पूजा शर्माले खुलाइन् आफ्नो प्रेमी…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । कहिले पल शाह त कहिले अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी अभिनेत्री पूजा शर्माले आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरेकी हुन् ।

उनले फेशबुकमा प्रेमी बानियाँसँगको एक तस्बीर राख्दै भनेकी छन् – ‘यू आर द वान लभ’ सहित रातो इमोजी क्याप्सनमा लेखेकी छन् । उनको प्रेम युद्ध बानियासँग रहेको खुलेको छ । जो एक व्यवसायी हुन् ।

पूजा र युद्धको प्रेम सम्बन्धबारे एक वर्षदेखि चर्चा चलेपनि औपचारिक रुपमा भने बाहिर आएको थिएन । यद्यपि पूजाले पछिल्लो समय घरमा बिहेको कुरा चल्दै आएको भन्दै युद्धसँगको सम्बन्धबारे खुलाउने गरेकी थिइन् ।

पूजाले चलचित्र क्षेत्रकै पल र आकाश जस्ता कलकारहरुसँग नाम जोडिदै आएकोमा भने उनीहरु काम गर्दाका साथीहरु मात्रै भन्ने स्पष्टिकरण दिँदै आएकी थिइन् ।

अभिनेत्री पुजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरे सँगै उनका फ्यान तथा फलोअर्सहरूले उनलाई बधाई दिइरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !