माओवादीको बैठकमा के-के निर्णय भयो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिए ।

उनले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए ।

यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !