विश्वभरका प्रतिक्रीयावादी स्यालहरु मिलेर मलाई सरकारबाट हटाएः केपी ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पोखरामा भएको एक कार्यक्रममा बोल्दै उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताउनुभयो ।

अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भन्नुभयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ ।

त्यसकारण दुनियाँभरका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिनुभयो । मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरकै अवधारणाभन्दा अगाडि रहेको उहाँको दावी थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहीँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होइन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छौं ।

विश्वभरका मानवअधिकार अवधारणाभन्दा एमाले एक कदम अगाडी छ ।’ अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर इर्स्या गरिरहने चलनै भएको बताउनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !