एमालेलाई कम्जोर बनाउन खोज्नेहरुको चुरीफुरी यो चुनावमा देखिन्छ: लालबाबु पण्डित

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले हिजो पनि शेरै भएको र अहिले सत्ता बाहिर भएपनि शेरै नै भएको दाबी गरेका छन् ।

उनी थप्छन्– नेपालको राजनीतिको केन्द् विन्दुमा नेकपा एमाले छ, नेकपा एमालेलाई कमजोर बनाउनको निम्ति वरिपरि चारै तिर नाचिरहेका छन् ।

कति दिन नाच्ने हो ? यो चुनावमा देखि हाल्छन, नाच्नेहरुको फुर्ति र एमालेको शक्ति त्यस कारणले गर्दा खेरि म त भनिरहेको छु ।

कुनैपनि आवधिक निर्वाचन संविधान अनुरुप समयमा होओस् । जनताबाट आएको परिमाणबाट आफ्नो अनुहार आफै ऐनामा छलङ्ग देखिने छ ।

यस्तै,

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकाे प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिने बताउनुभएको छ ।

नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी हाम्रै देशमा दुनियाँको प्रतिस्पर्धी शिक्षा विकास गर्न सक्छौँ । जसका लागि हामीले इँटा राखिसकेका छौँ । शिलान्यास गरिसकेका छौँ ।’

उहाँले देश विकास कसरी गर्ने भन्ने बाटो लिइसकेको जिकिर गर्दै भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामीले लिइसकेका छौँ । हामीसँग देश विकासको भिजन छ, त्यसै कारण हाम्रो राष्ट्रिय आकाङ्क्षा भनेको सुखी नेपाली समृद्ध नेपाल हो । ’

यस्तै पूर्वप्रधानमन्त्री ओलीले  शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै क्षेत्रमा काम गर्नेलाई आधुनिकीकरणको बाटो अपनाउन आग्रह गर्नुभयो । हरेक क्षेत्रमा काम गर्नेहरूले अब आधुनिकीकरणको बाटो, प्रविधि प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो, स्वरोजगार सृजना गर्ने बाटो अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा भएका विकासका बारेमा समेत जानकारी गराउनुभयो । नवलपुरको फलाम खानी उत्खननका लागि थालनी, नमुना सदरमुकाम, नारायणगढ – बुटवल सडक विस्तार, कालीगण्डकी करिडोर आफ्नै पालामा बनेको उहाँले बताउनुभयाे ।

कार्यक्रममै ओलीले मझीलाल थारु थनेतको नाममा दुई लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणासमेत गर्नुभयो । आफूले अक्षयकोषका लागि दुई लाख उपलब्ध गराउने, क्याम्पसले त्यसको वितरणको प्रक्रिया आफैँ मिलाउने उहाँले जानकारी गराउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको भू–भाग ऋषिमुनिको तपोभूमि रहेको बताउँदै विश्वको सबैभन्दा पुरानो दर्शन र सभ्यता शैव दर्शन, शैव सभ्यता उत्पत्ति भएको भूभाग यही रहेको बताउनुभयो ।

यस्तै ओलीले क्याम्पसको पुस्तकालय भवन र प्रशासनिक भवनको समेत उद्घाटन गर्नुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !