एमालेले एक्लै चुनाव लडेर ०७४ को भन्दा बढि सिट ल्याउँछौँ : एमाले सचिव महासेठ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् ।

अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं । एमालेको लोकप्रियता जनताको बीचमा छ । २०७४ को निर्वाचनमा झैं जनताले विश्वास गरेर हामीलाई जिताउने छन् ।

एमालेको २०७४ सालको निर्वाचनको भन्दा कम सिट आउँदैन, बरु बढि नै आउँछ ।’ उनले देश निर्वाचनमय भैसकेको पनि उल्लेख गरे ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई चाहिने/नचाहिने कुरा भनेर ठगिरहेको आरोप लगाए । उनले रुस–युक्रेनलाई युद्ध रोक्नको लागि नेपाल सरकारले आह्वान गर्नुपर्ने उल्लेख गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !