CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्नका लागि रामेछाप जिल्लालाई नम्बर एक बनाउने बताएका छन् ।
पर्सी देखि केन्द्रिय कमिटिको बैठक बस्ने छ, हामी आगामि चुनावको तयारीलाई आगामि ‘फोकस’ गरेर केन्द्र विन्दुमा राखेर यसको निम्ति प्रत्यक पालिकामा राम्रो तयारीकोे काममा जुट्दै छौं ।
कमिटि बनाउँदै अनि वडामा त्यसपछि टोल–टोलमा पनि पार्टीका कमिटिहरु विस्तार गदै चुनाव सम्बन्धी परिचालन कमिटि पनि हामी बनाउदै जान्छौं ।
जो–जो संग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्न विश्वासका साथ जुटिरहेका छौं ।
उलने भने– यस माहान कार्यमा तपाईहरु रामेछाप जिल्लालाई नम्बर एक जिल्लाको रुपमा अघि बढाउनका लागि तपाईहरु लागि पर्नुहोस् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।