नेकपा(एस) शक्तिशाली बन्दै, एमालेका वडाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नुवाकोट वेलकोटगढी नगरपालिका– १ का वडा अध्यक्ष सुब्बा तामाङ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

सोमबार वडाध्यक्ष तामाङसहितका एक सय बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाध्यक्ष तामाङ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

उनीहरुलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुमा शिक्षक आन्दोलनका अगुवा श्रीराम पाण्डेदेखि नेकपा एमाले, नेपाली कांग्रेस लगायतका नेता–कार्यकर्ता रहेका छन् ।

पार्टी प्रवेश गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई वडा, टोल र गाउँगाउँमा गएर संगठित गर्न अपिल गरेका छन् ।

‘अब छिट्टै स्थानीय तहको चुनाव आउँदै छ, तपाईँहरु गाउँगाउँ गएर कलमको प्रचार गर्नुस्,’ अध्यक्ष नेपालले भने । कलम न्याय र ज्ञानको प्रतीक भएकोले सबैमाझ यसको प्रचार गर्नुपर्ने उनको जोड छ ।

नवप्रवेशीले पार्टीलाई जनतामाझ लैजान महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता गरे । पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेहरुको संख्या भने दिनानुदिन वृद्धि हुँदै गएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !