मतदाता पत्रको रङ किन हरियो राख्ने, रुखै रुख देखियोस् भनेर ?: केपी ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताउनु भयो ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उहाँले भन्नुभयो, ‘किन हरियो राख्ने ? रुखै रुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उहाँले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताउनु भयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !