CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले प्रदेश १ को नाम केपी ओली प्रदेश राख्नुपर्ने बताएका छन् ।नेता रिजालले राजनेता केपी ओलीलाई सम्मान गर्दै केपी ओली प्रदेश राख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओली नेपालको राजनीतिको हिरो भएको र उहाँको जन्मस्थान प्रदेश एक मै भएको कारण प्रदेशको नाम पनि केपी ओली राख्न मेरो अनुरोध ।’
ओली प्रधानमन्त्री हुँदा गरेका दुरगामी कामहरु जनताको मन-मनमा रहेको र अझैं केहि गर्न बाँकि रहेकोले ओली नै राष्ट्रको राजनेता भएको उनले बताए । उनले भने, ‘ओली जस्तो दुरदर्शी नेता, राष्ट्र र राष्ट्रीयताको लागि कुनै
देशसँग नझुकी कडा रुपमा बोल्न सक्ने आँट हिम्मत भएको विकासवादी जनप्रिय नेता नेपालमा आज सम्म जन्मेकै छैंनन् ।’
हाम्रो देशमा रहेको जिवित हुदा सम्मान नगर्ने र मरेपछि गुणगान गर्ने चलनको अन्त गर्दै ओलीले गरेका कामहरूको आधारमा प्रदेश १ को नाम केपी ओली प्रदेश राखी सहयोग गर्न नेता रिजालको अनुरोध छ ।
उनले भने, ‘राजनेता ओलीलाई उहाँको कामको उच्च मूल्यांकन गर्दै मैले जिवीत छदै राष्ट्रले सम्मान गरोस भन्ने उद्देश्यले नै मैले १ नम्बर प्रदेशको नाम केपी ओली प्रदेश राख्न अनुरोध गरेको हुँ ।’
केहि दिन अगाडि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले प्रदेश १ को नाम कोसी राख्नुपर्ने बताएका थिए ।
गृह जिल्ला झापामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीको प्रदेश अधिवेशन समारोहको उद्घाटन गर्नै उनले प्रदेशको नाम कोसी राख्नुपर्ने बताएका थिए ।
सगरमाथा, कञ्चनजंघा, मकालु सबैलाई प्रतिनिधित्व गर्ने नाम कोसी नै भएको उनले बताएका थिए । नेपालका सात प्रदेशमध्ये प्रदेश १ को मात्र नामकरण गर्न बाँकी छ । प्रदेश १ लाई सभ्यता, संस्कृति र इतिहासका आधारमा किरात प्रदेश राख्नुपर्ने माग उठिरहेको छ ।@dainiknewsnepal
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।