म बाट गल्ती भयो अब पाठ सिकेर राप्रपा नेपाललाई सुदृढ बनाउछु : कमल थापा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी–कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिबद्धता दोहो¥याएका हुन् ।

नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टी भन्दा फरक बिचार र पहिचान बोकेर हिडेको पार्टी भएको भन्दै उहाले लक्ष्य अनुसार अघि बढ्न अब कसैले रोक्न नसक्ने तर्क गरे ।

अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृति र परम्पराकोे रक्षा गर्दै सुशासनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।

त्यस्तै उनले अहिले देशका हरेक क्षेत्रमा महिलाको उपस्थितिलाई बढाउन र महिलाको हकहित र अधिकारको रक्षा गर्न प्रतिबद्ध भएर लाग्ने धारणा पनि राखे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !