एमालेबाट निष्कासित चन्दले भनिन : सामन्तवादीहरूको शोषणबाट मुक्ति पाएको दिन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेबाट निष्कासित शविनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले एमालेलाई सामन्तवादीको संज्ञा दिएकी छिन् ।

एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना लागि आजको दिन ऐतिहासक भएको बताएकी छन् ।

उनले आफूले सामन्तवादीहरूको शोषणबाट मुक्त पाएको दिन भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छन् ‘ऐतिहासिक दिन, सामन्तवादीहरूको शोषणबाट मुक्ति पाएको दिन ।’

यस अघि एमालेले पार्टीको विधानविपरीत काम गरेको भन्दै चन्दलाई पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।

गएको स्थानीय तहको निर्वाचनमा चन्द एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । एमालेबाट निष्कासित चन्द कांग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !