जसपा परित्याग गरि बाम न्यौपाने एमाले प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

गैँडाकोट – नवलपुरका बाम बुुद्धिजिवी गोपन्द्रकेशरी न्यौपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थायी घर भएका न्यौपानेले जनता समाजवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

मिडिया सँग कुरा गर्दै न्यापाने ब्यवहारिक जिवनलाई हेर्दा नेकपा एमालेमै रहेर सेवा गर्नु उत्तम देखिएकोले आफु एमालेमा प्रवेश गरेको बताउनुभयो ।

मुलुकमा विभिन्न राजनैतिक दलहरु भएपनि मुलकका लागि काँग्रेस र एमाले मात्रै निर्णायक हुने भएकाले आफु एमालेमा रहेर देश र जनताको सेवाका लागि कृयाशिल रहने बताउनुभयो ।

गैँडाकोटको नमुना उच्च माविका प्राचार्य समेत रहेका न्यौपानेको एमाले प्रवेशले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई थप बल पुगेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !