वडा अध्यक्षमाथि उनकै कार्यकक्षमा अभद्र व्यवहार

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन – कालिका नगरपालिकाले वडा अध्यक्षमाथि अभद्र व्यवहार भएको विरोधमा आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो ।

नगर प्रमुख मुखनारायण श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ “यही २३ गते यस नगरपालिकाको वडा नं। ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य टिकाराज रिजालमाथि उहाँकै कार्यकक्षमै अराजक व्यक्तिहरुको समूहले गरेको भद्र व्यवहारको विरोधमा आज एक दिन सेवा प्रवाह बन्द रहने छ ।” सूचनामा स्वास्थ्य क्षेत्रका अत्यावश्यक सेवा भने नियमित संचालन हुने जनाईएको छ ।

यो पनि – नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले प्रदेश १ को नाम केपी ओली प्रदेश राख्नुपर्ने बताएका छन् ।नेता रिजालले राजनेता केपी ओलीलाई सम्मान गर्दै केपी ओली प्रदेश राख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओली नेपालको राजनीतिको हिरो भएको र उहाँको जन्मस्थान प्रदेश एक मै भएको कारण प्रदेशको नाम पनि केपी ओली राख्न मेरो अनुरोध ।’

ओली प्रधानमन्त्री हुँदा गरेका दुरगामी कामहरु जनताको मन-मनमा रहेको र अझैं केहि गर्न बाँकि रहेकोले ओली नै राष्ट्रको राजनेता भएको उनले बताए । उनले भने, ‘ओली जस्तो दुरदर्शी नेता, राष्ट्र र राष्ट्रीयताको लागि कुनै

देशसँग नझुकी कडा रुपमा बोल्न सक्ने आँट हिम्मत भएको विकासवादी जनप्रिय नेता नेपालमा आज सम्म जन्मेकै छैंनन् ।’

हाम्रो देशमा रहेको जिवित हुदा सम्मान नगर्ने र मरेपछि गुणगान गर्ने चलनको अन्त गर्दै ओलीले गरेका कामहरूको आधारमा प्रदेश १ को नाम केपी ओली प्रदेश राखी सहयोग गर्न नेता रिजालको अनुरोध छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !