युवाहरु आफै राजेन्द्र लिङदेको निवास पुगेर गरे पार्टी प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व परिवर्तनसंगै पार्टीप्रति आकषर्ण देखिएको छ । कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष बनेपछि पार्टी प्रवेशको लहर नै चलेको छ ।

पछिल्लो समय देशको बिभिन्न ठाउँमा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत बिभिन्न राजनीतिक दल परित्याग गर्दै राप्रपा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

रास्ट्रिय प्रजातन्त्र पार्टी  ( राप्रपा ) को अध्यक्षमा विजयी भएसंगै राजेन्द्र लिङदेन पार्टी प्रवेश गराउने कार्यक्रममा व्यस्त छन् । पछिल्लो केहि महिनामा मात्र

उनले हजारौंको संख्यामा पार्टी प्रवेश गराएका छन् । सामान्य त पार्टी प्रवेश गराउन जाने अथवा बोलाउने चलन छ तर राप्रपामा ठ्याकै उल्टो भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेको आफ्नै वडाका युवाहरु आफै राजेन्द्र लिङदेको निवासमा पुगेर पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !