CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा मओवादी केन्द्रका नेत्री एवं पूर्वसभामुख ओनसारी घतीले अबको चुनावपछि महिला प्रधानमन्त्री बन्ने बताएकी छिन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उनले लोकप्रिय कार्यक्रम जनता जन्न चाहान्छन् मार्फत यस्तो दाबी गरेकी हुन् । अहिलेको अवस्था सम्म पुरुष प्रधानमन्त्री धेरै भए तर देशमा अशान्त्ति, गरिबी र भ्रष्टाचार मात्र हुने गरेको छ ।
उनले भनिन्, ‘आजका दिन सम्म पुरुष प्रधानमन्त्रीले चलाइराख्नु भएको छ, भोलीको दिनमा महिला प्रधानमन्त्री आएर चलाउँदा के हुन्छ ? भनेर एकपटक हेरउ’ भन्दै महिला प्रधानमन्त्री बन्ने सम्भावना देखाएकी हुन ।
को बन्छ महिला प्रधानमन्त्री ? नेपालको राजनीतिलाई हेर्ने हो भने पुरुष भन्दा महिलाको सहभागिता निकै कम छ, नेपाली समाज भनेको महिलालाई अगाडि बढाउन नखोज्ने समाज हो ।
पुरुषले चलाएको हाम्रो देशमा विकास भन्दा पनि बढि भ्रष्टाचार हुने गरेको छ । घर्ती भन्छिन– महिलाहरुले गरेको काममा कम खराबी आए जनताको कामहरु भए, भ्रष्टचार भएन र भ्रष्टचारको अन्त्य गर्न महिला प्रधानमन्त्री बन्नुपर्छ ।
नेपाल भोलिको दिनमा महिलाले चलाएको देश हुने र देश बन्न सक्ने बताएकी छिन् । महिलाहरु किन कमजोर छन ? महिलाहरु बिस्तारै अगाडि आउँदैछन र यस्को सुरुवात भैइसकेको छ । पछिल्लो समयमा पितृसत्तात्मक संरचनाको कारण महिलाहरु शिक्षामा, सत्तामा, नेतृत्वमा र स्वस्थ्यमा पछाडि पारिएको थियो ।
‘यो संस्कार, यो संस्कृतिबाट उम्किएर अगाडि जानको निम्ती अझै संघर्ष गर्नपर्छ’ । सम्पूर्ण राजनीतिक दलहरु इमान्दार भाइ महिलालाई पनि नेतृत्व गर्ने मौका दिनुपर्छ ।
नारिलाई शक्तिशाली, शिक्षित र अधिकार सुनिश्चित गर्नका लागि के गर्नुपर्छ ? महिलाहरु अघि बढेर देश बर्बाद हुदैन, महिला अगाडि बढ्दा देश समृद्धि हुने हो ।
महिला समानताको लागि लड्ने र अगाडि बढाउन कुनै कसुर नछोड्ने उनले बताए । उनले महिला आफै पनि पितृसत्तात्मक प्रवृति मुक्त हनुपर्ने र अगाडि बढ्न कोशिस गर्नुपर्ने भन्दै महिलालई जागरुत गरे ।
समाजलाई बनाउन र महिलालाई अगाडि बढाउन सञ्चार कर्मिहरुको पनि ठूलो भूमिका हुन्छ, जस्ले समाजमा चेतना फैलाउने काम गर्छ । धेरै पुरुषहरुले महिलाको हितको लागि र महिलाको न्यायाको लागि आवज उठाएको उनले बताइन् ।
पछिल्लो समय महिला हिंसा निकै बढिरहेको छ, दोषीलाई सजाय दिन र महिलाहरुलाई न्याया दिन आम जनतालाई आवज उठाउन आह्वान गरेकी छिन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।