प्रचण्डको चेतावनीमा गठबन्धनबारे देउवाले दिए यस्तो प्रतिक्रिया !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपाली काग्रेसका कतिपय नेताहरुले गठबन्धनका बिषयमा दिइरहेका

अभिव्यक्ति प्रति लक्षित गर्दै कडा टिप्पणी गरे पछि प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले पनि आगामी निर्वाचनमा गरिने गठबन्धनका बिषयमा मुख खोलेका छन् ।

नेपाली काग्रेस भित्र ठूलो मत आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्न हुँदैन भन्ने खालको देखिएको छ तर प्रधानमन्त्री शेरबहादुर देउवा भने पहिले देखिनै गठबन्धनका बिषयमा लचक थिए , उनले अहिले पनि प्रचण्ड र माधव नेपाललाई विच्क्याउँने खालका अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुहरुले काग्रेसलाई लगेर सिंहासनमा राखेको भन्दै काग्रेसले अपमान गर्न खोजे सह्य नहुने चेतावनी दिएको भोलीपल्ट काग्रेस सभापती देउवाले फेरी पनि चुनावमा प्रचण्ड माधव सँग गठबन्धन गर्नु पर्ने अवस्था आउँन सक्ने भन्दै संयमता अपनाउँन काग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीवार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुने बताएका हुन् ।

‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो रु,’ उनले भने, ‘एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’

उनले गठबन्धनकै सहयोगमा कांग्रेसको सरकार र आफू प्रधानमन्त्री बनेको भन्दै गठबन्धनलाई एक साथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि पनि ठिक भएको उल्लेख गरे ।

‘गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं,’ उनले भने, ‘आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्छ ।’ केही ठाउँमा भएका समस्यालाई छलफल गरेर टुंग्याउँदै जानुपर्ने उनको भनाइ छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !