संसद् विघटनको विरोधमा गठबन्धन गरेका हौं, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौं : रामचन्द्र पौडेल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धनभए काँग्रेशलाई फाईदा हुने दाबि गरेका छन् ।

नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलामा उनले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताएका हुन्।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा काँग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा काँग्रेसलाई नै फाइदा पुग्ने बताए।

उनले भने, ‘हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौं, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौं।’ वरिष्ठ नेता पौडेलले काँग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै काँग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिन्छ भने। काँग्रेसलाई जिताउन युवाको महत्त्वपूर्ण भूमिका हुने भएकाले युवाहरू एक हुनुपर्ने उनले बताए।

‘नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्छ,’ पौडेलले भने, ‘युवा भनेका काँग्रेसको मेरुदण्ड हो, युवाहरू काँग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !